Close sidebar

कर्मचारीबाट भइरहेको आन्दोलन तत्काल रोक्न उच्च अदालतको आदेश

२०८१ पुष २० गते, शनिबार ०१:२९

रिजवान मिर्जा✍️
नेपालगन्ज । करीब ३ साता बढी देखि नेपालगन्ज मेडिकल कलेजमा कर्मचारीहरुबाट भइरहेको आन्दोलन तत्काल रोक्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले नेपालगन्ज मेडिकल कलेजमा सेवा प्रवाहलाई प्रभावित पार्ने गरी कर्मचारीहरुबाट भइरहेको आन्दोलन तत्काल रोक्न बिहिवार अन्तरिम आदेश जारी गरेको हो ।

गत मंसिर २६ गतेदेखि नेपालगन्ज मेडिकल कलेजका  कर्मचारीहरुले तलब वृद्धि लगायत विभिन्न माग राखेर सेवा प्रभावित पारेर आन्दोलन गर्न थालेपछि पटक–पटक बसेको बार्ता र छलफल निस्कर्ष विहिन बन्न पुगेपछि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको व्यवस्थापन पक्ष अदालत पुगेको थियोे ।

यहीँ पुस १८ गते दुवै पक्षका वकिलहरुकाे लामाे बहसपछि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट ओ.पी.डि. सेवा लगायत सम्पूर्ण स्वास्थ्य सेवा सन्चालनमा राेक लगाउन, अवरोध गर्ने जस्ता क्रियाकलाप गर्न राेक लगाई आन्तरिम आदेश जारी गरेको हो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया