Close sidebar

बाँकेमा बाक्लो हुस्सु र चिसोले जनजीवन प्रभावित

२०८१ पुष १९ गते, शुक्रबार २२:२७

महेक मिर्जा (काजल)✍️
नेपालगन्ज । केहीदिन यता बाँकेमा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । दिनहुुँ चिसो बढ्दा दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई समस्या भएको छ । शुक्रबार दिउँसो हल्का घाम लागेपनि बेलुका चिसो हवा र बाक्लो हुस्सु लाग्ने गरेकाले चिसो अत्यधिक बढेको हो ।

सर्वसाधारणले आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका छन । मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म चिसो बढ्ने र तराईका जिल्लामा अझै केहीदिन हुस्सु लाग्ने पूर्वानुमान छ । चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धाहरु बिरामी हुनेक्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन ।

चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो र झोलिलो खानेकुरा सेवन गर्न र अनावश्यक रुपमा बाहिर नजान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन । मंगलबारदेखि बाँकेमा शीतलहर चलेर चिसो बढ्न थालेपछि जिल्लाका सबै पालिकालाई शीतलहरबाट सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार चिसोका कारण जोखिममा पर्नसक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चलाउन स्थानीय तहलाई आग्रह गरिएको बताए ।

भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले चिसो सुरु भएदेखि नै भेरी अस्पतालमा चिसोको कारण हुने समस्या लिएर बिरामी आउन थालेको बताउनुभयो । उहाँले रुघाखोकी, ज्वरो, निमोनिया र पखाला जस्ता रोगले ग्रस्त बनाएपछि बालबालिका अस्पताल पुगेका छन । प्रशिक्षार्थी

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया