Close sidebar

जोगागाउँस्थित श्री माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

२०८१ पुष ४ गते, बिहीबार २२:२३

मो. ताहिर शेष राई ( साहिल)
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर-२ जोगागाउँस्थित श्री माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बिहिवार एक कार्यक्रमका बीच नवनिर्मित २ कोठे पक्की भवनको रिबन काटेर उद्घाटन गर्नुभएको हो ।उद्घाटन पश्चात बोल्दै अध्यक्ष खाँले बालबालिकाहरुको अवस्था सुधार्न विद्यालयका कर्मचारी र व्यवस्थापन समितिले थालेको मेहनत अतुलनिय रहेको बताउनुभयो । उहाँले बालबालिकाहरु अध्ययनरत विद्यालयको भौतिक पुर्वाधारमा सामाजिक विकास मन्त्रालयले सहजता प्रदान गरेको बताए । खाँले पालिकाको तर्फबाट गर्ने सहयोगमा आफु पहल गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशबाट १८ लाख, जानकी गाउँपालिकाबाट ७ लाख आर्थिक सहयोग र विद्यालयबाट एक लाख २० हजार गरि जम्मा २६ लाख २० हजारमा २ कोठे पक्कि भवनको २०७९ फागुनदेखि निर्माण कार्य थालिएको विद्यालय प्रशासनले जनाएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख अतिथिमा भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, सामाजिक विकास समितिका संयोजक रामअचल धोबी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अलि हल्वाई, प्रधानाध्यापक जीत बहादुर वर्मा, समाजसेवी द्रोण थापा, विद्यालय अभिभावक संघका अध्यक्ष राम बहादुर रैदास, विव्यस. का सदस्यहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया