Close sidebar

पत्रकारको गिर्दो छबिप्रति काङ्ग्रेस बाँकेको चिन्ता

२०८१ पुष ५ गते, शुक्रबार १८:२०

नेपालगन्ज । नेपाल पत्रकार महासंघका नवनिर्वाचितहरुलाई आज नेपाल प्रेस युनियन बाँकेले सम्मान गरेको छ । नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी महासंघका विभिन्न तहमा निर्वाचितहरुलाई सम्मान गरेको हो ।नेपाल पत्रकार महासंघ बाँके, प्रदेश समिति र केन्द्रिय समितिमा निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरूलाई अबीर र दोसल्ला ओडायर संयुक्त रुपमा सम्मान गरिएको थियो । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकाल, वरिष्ठ पत्रकार निरज गौतम र प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापा मगरले दोसल्ला अबिरसहित सम्मान गर्नुभयो ।नेपाली काँग्रेस बाँकेका सभापति गौडेलले पत्रकारहरु बलियो भए समाज र राष्ट्र बलियो हुने बताउँदै पत्रकारहरुले सत्य तथ्य समाचार सार्बजनिक गर्न डगमगाउन नहुने बताउनुभयो । पछिल्लो चरण पत्रकारहरुको छबि खस्किँदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै उहाले गिर्दो छवि उकास्ने काम पनि पत्रकार अगुवाकै हुने बिश्वास व्यक्त गर्नु भयो । नवनिर्वाचित पत्रकार महासंघका नेताहरुले खस्किँदै गएको छवि सुधार गर्न र पत्रकारिताको बिकासमा केन्द्रित हुन उहाँले ध्यानाकर्षण गराउनु भयो ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालको सभापतित्वमा भएको कार्यक्रममा युनियन बाँकेका उपाध्यक्ष कमल केसीले स्वागत मन्तव्य दिनुभयो भने प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार निरज गौतम लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया