नेपालगन्ज । बडा दशैंको अवसर पारेर नेपालगञ्जमा भोलिदेखि रामलीला मञ्चन हुन लागेको छ । नेपालगन्ज वडा नम्बर १३, बाँकेगाउँस्थित रामलीला मैदानमा ऐतिहासिक रामलीलाको १५७ औँ संस्करण बिहिवार रातिदेखि मञ्चन हुन लागेको हो ।
रामलीलाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले समुदघाटन गर्नु हुने छ। यस अघि दिउँसो २ बजे शोभा यात्रा गरिने आयोजकले जनाएको छ।
सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैको पहिलो दिन घटस्थापनादेखि रामलीला मञ्चन गर्ने गरिन्छ । रामलीला मञ्चनमा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गर्ने गरिन्छ । वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डलका प्रमुख राधा रमण नेतृत्वको २५ जना कलाकार टोलिले रामलीला मन्चन गर्ने भएको हो ।
रामलीला मञ्चनका लागि मञ्च व्यवस्थापन लगायत सबै तयारी पुरा भइसकेको रामलीला संचालक समितिका अध्यक्ष सन्तोष कनोडियाले जानकारी दिनु भयो । राम लीला अवलोकनका लागि पनि अध्यक्ष कनोडियाले सबैमा अपील गर्नु भएको छ ।

