Close sidebar

चाडपर्वलाई लक्षित गरी गणेशमान / चारबाहिनी ‘वन-वे’ बाटो

२०८१ आश्विन १४ गते, सोमबार १७:०५

नेपालगन्ज । सवारी साधन र सर्वसाधारणको चाप हुने ठाउँहरुमा नवरात्र शुरु हुनु अगाडि नै वन-वे (एकतर्फी बाटो) सञ्चालनमा ल्याइएको छ । नजिकिएका चाडपर्वहरुलाई लक्षित गरी गणेशमान चोकदेखि चारबाहिनी चोकसम्म जाने मात्र र फर्किँदा त्रिशक्ति मार्गबाट मात्र फर्किन गरी वन-वे बाटो सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके, ट्राफिक प्रहरी कार्यालय बाँक र नगर प्रहरीले एकआपसमा समन्वय गरि दशैं, तिहार, छठ लगायत पर्वहरुलाई लक्षित गरी चुनौतीको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिका भित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त पारेका हुन ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आश्विन १० गते बसेको सरोकारवाला निकायको बैठकले सवारी साधन र सर्वसाधारणको चाप हुने ठाउँहरुमा नवरात्र शुरु हुनु अगाडि नै वन-वे (एकतर्फी बाटो) सञ्चालन गर्ने निर्णय गरेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया