Close sidebar

जानकीका मदरसा र गुरुकुललाई वर्ल्ड भिजनले गरे १५ लाख बढीको सामग्री सहयोग

२०८१ आश्विन १४ गते, सोमबार १४:५९

नेपालगन्ज । शैक्षिक गुणस्तर वृद्धिका लागि मदरसा र गुरुकुललाई आवश्यक सामग्री सहयोग गरेको छ । बाँकेको जानकी गाउँपालिका अन्तर्गत रहेका १४ मदरसा र १ वटा गुरुकुललाई बसाई व्यवस्थापनका लागि १५ लाख बढीको सामग्री सहयोग गरेको हो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र जानकी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा अति जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक गुणस्तर वृद्धिका लागि बसाइँ व्यवस्थापन गर्न सामग्री सहयोग गरिएको वर्ल्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक सुरज शर्माले बताउनुभयो ।

दुई लाख ६१ हजार १ सय १८ रुपैयाँको कार्पेट ६ सय ५० मिटर, एक लाख ३५ हजार २ सय ६१ रुपैयाँको पि-फाम ९ सय ५० मिटर, दुई लाख २२ हजार ७ सय २० रुपैयाँको चकटी १५ सय गोटा, सात लाख ६१ हजार ७ सय ६५ रुपैयाँको डेस्क ५ सय गोटा, एक लाख ६१ हजार १ सय ७४ रुपैयाँको सेतोपाटी ३६ गोटा र ढुवानी खर्च एक पटक ६१ हजार २० रुपैयाँ गरी जम्मा १५ लाख ४८ हजार २८ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको संयोजक शर्माले बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँले शिक्षामा पछाडि परेका समुदायका लागि शिक्षाको गुणस्तर माथि उठोस् भन्ने उद्देश्यले वल्ड भिजन इन्टरनेशनल नेपालले सामग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । उहाँले अध्ययनरत छात्रछात्राको बसाइँ व्यवस्थापनका लागि प्राप्त सामग्रीको बढी भन्दा बढी सदुपयोग गर्न शिक्षकहरुलाई निर्देशन समेत दिए । पालिकाको शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार प्रतिबद्ध भएर लागि परेको बताउँदै अध्यक्ष खाँले वर्ल्ड भिजनको सहयोगले स्थानीय सरकारको लक्ष्य र उद्देश्य प्राप्तिमा सहयोग पुगेको बताए ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, १ नम्बरका वडाध्यक्ष मो. रजा राई, ४ नम्बरका वडाध्यक्ष रमेशकुमार बर्मा, सामाजिक विकास समितिका संयोजक राम अचल धोवी, शिक्षा युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारी, मदरसाका शिक्षकहरु, गुरुकुलका शिक्षकहरु, वल्ड भिजन इन्टरनेशनल नेपालका कर्मचारी लगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया