
काठमाण्डौ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको मानवीयक्षति सम्बन्धि सरकारले देशभरको अभिलेख राख्न थालेको छ । बिहीबार साँझदेखि परेको भारी वर्षाले आएको बाढी, पहिरो र डुबानबाट एक सय बढीको मृत्यु भएको हो ।
नेपाल प्रहरीले आज जारी गरेको तथ्यांक अनुसार अविरल बर्षापछि आएको बाढी, पहिरोमा परी आइतबार दिउँसो तीन बजेसम्म देशभर एक सय ४८ जनाको मृत्यु भएको छ । भने एक सय १ जना घाइते रहेको र ५५ जना बेपत्ता भएका छन । भने ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
अविरल बर्षाले शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन ।
काठमाण्डौ उपत्यकामा शनिबार भएको वर्षा ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएकोले सरकारले आइतबारबाट तीन दिनका लागि विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । -सच्चाइएको 
