Close sidebar

हुण्डि कारोबारमा संलग्न नेपालगन्जका कादिर र हबिब पक्राउ

२०८१ आश्विन ८ गते, मंगलवार २१:३५

कहकशाँ अन्जुम✍️
नेपालगन्ज । नेपाली १६ लाख बढी र भारतीय ५९ हजार भन्दा बढी रुपैयाँसहित हुण्डि कारोबारमा संलग्न दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरस्थित मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई मंगलबार बाँके प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले मोहम्मद कादिर सिद्दिकीले बोकेको कालो झोला तलासी गर्ने क्रममा नेपाली ९ लाख रुपैयाँ र मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी लिंदा नेपाली ७ लाख १० हजार २ सय ५५ रुपैयाँ र भारतीय ५९ हजार ५ सय रुपैयाँँ र विभिन्न बैंकमा विभिन्न व्यक्तिका नाममा जम्मा गरेको बैंक भौचरहरु लगायत बैंकका टोकनहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) तुल बहादुर कार्कीले जानकारी दिए ।

नेपाली १६ लाख १० हजार २ सय ५५ रुपैयाँँ र भारतीय ५९ हजार ५ सय रुपैयाँ सहित पक्राउ परेकाका दुबै जनालाई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको एसपी कार्कीले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया