Close sidebar

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आसपास क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन

२०८१ आश्विन १० गते, बिहीबार १४:१२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको हो ।

चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

“कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,” कार्यालयको सूचनामा उल्लेख छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया