Close sidebar

सन्दर्भ संविधान दिवस: संविधानको रक्षासंगै कार्यान्वयनमा जोड

२०८१ आश्विन ३ गते, बिहीबार २०:११

नेपालगन्ज । संविधानको रक्षा गर्दै त्यसको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ । संविधान दिवसको सन्दर्भमा रेडियो बागेश्वरी एफएमद्वारा सन्चालित बागेश्वरी विशेषमा बोल्दै संविधानका जानकार, कानुनबिद् तथा बिश्लेषकहरुले सो कुरामा जोड दिएका हुन ।

वरिष्ठ अधिवक्ता एवं नेपालगन्जका पूर्वमेयर विजय कुमार गुप्ताले संविधानको रक्षा र त्यसको पूर्ण पालना नै अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो । संविधान कमजोर बनाउने प्रयास अझै जारी रहेको भन्दै उहाँले प्रमुख राजनीतिक दलहरूले जिम्मेवारी र सचेतताका साथ संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा कुरामा जोड दिनुभयो ।

राजिनिती शास्त्रका प्राध्यापक एवं विश्लेषक डा. जनार्दन शर्मा आचार्यले संविधान राजिनितिक सहमतिको दस्तावेज भएकोले त्यसको कार्यान्वयन गर्ने प्रमुख दायित्व सरकार र राजनितिक दलको भएको प्रस्टयाउनुभयो । डा. आचार्यले संविधान कार्यान्वयनका लागि बनाइनु पर्ने ऐन र कानुन निर्माणमा अग्रसरता देखाउनु पर्ने आवश्यकता रहेकोे औल्याउनुभयो ।

बागेश्वरी विशेषमा सहभागी अधिवक्ता लोक बहादुर शाहले संविधान कार्यान्वयन गरेर अगाडि बढ्नु बाहेकको विकल्प नरहेको स्पष्ट पार्नुभयो । वहाँले संविधानमा भएका सवलपक्षबारे व्यापक जानकारी गराउँदै दुर्बल पक्ष संशोधन सहित जानुपर्ने सुझ्याउनु भयो ।

अन्तरबार्ता मूलक बागेश्वरी विशेष वरिष्ठ पत्रकार शुक्रऋषि चौलागाईंले सन्चालन गर्दै आउनुभएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया