काठमाण्डौ । सुदूरपश्चिमको बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प पामन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ आसपास केन्द्रबिन्दु भएर ४ दशमलब ३ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो ।
यसअघि गत भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३ दशमलब ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
