Close sidebar

मोहम्मद डे को अवसरमा झिलिमिली नेपालगन्ज शहर, सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग

२०८१ भाद्र २९ गते, शनिबार २२:१८

मो. अरशद शेष राई✍️
नेपालगन्ज । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैही वसल्लमको १४९९ औं जन्मजयन्ती (मोहम्मद डे) धुमधामका साथ नेपालगन्जमा मनाईदैछ । जन्मजयन्तीको अवसरमा नेपालगन्ज शहरका केही क्षेत्र रङ्गबिरंगी बत्तीले झिलिमिली बनाईएकाे छ ।

बाँकेको नेपालगन्ज -४ घोसीटोल, गौसिया मस्जिदस्थित झिलिमिली बत्ती, झण्डा, मदिना शरीफको स्टीकर लगायत बिक्री गर्ने पसलहरु सजिएका छन् । कैयौं ठाउँमा गेट बनाइएको छ भने ठाउँ-ठाउँमा हरियो झन्डा लगाई मुस्लिम समुदायले आ-आफ्नो घर, मस्जिद तथा कब्रस्तानलाई झिलिमिली बनाएका छन् ।

हजरत मोहम्मद साहबको जन्म इस्लामी पात्रो अनुसार हिजरी सम्वतको रब्बीअव्वल महिनाको १२ तारीखमा साउदी अरेबियाको मक्का शहरमा बिबि आमिनाको कोखबाट भएको हो । जन्मोत्सवको खुश्यालीमा मुस्लिम समुदायले कुरान पाठ गर्ने, नाअत शरिफ वाचन गर्ने, पैगम्बर मोहम्मदको उपदेश स्मरण गर्ने र सामूहिक भोज खाने गर्ने जस्ता क्रियाकलाप गर्ने चलन छ ।

नेपालगन्ज – ३ काे एक्लैनीस्थित जामे मस्जिददेखि मुस्लिम समुदायले सोमबार बिहान करीब ७ बजे र्‍याली निकालेर नगर परिक्रमा गरि मोहम्मद डे धुमधामका साथ मनाईने जनाइएको छ । यस्तै मोहम्मद डे को अवसरमा बाँकेस्थित नरैनापुर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको छ । भने मुस्लिम अगुवाहरूले नरैनापुर मात्र नभएर सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया