नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि चार दिने आधारभूत प्राथमिक उपचार तालिम नेपालगन्जमा सम्पन्न गरिएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आयोजना र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा उक्त तालिम औपचारिक कार्यक्रम बिच बिहिबार सम्पन्न गरिएको हो ।
तालिममा प्राथमिक उपचार सम्बन्धि विषय वस्तुका बारेमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासको माध्यमबाट सिकाइएको थियो । दुई चरणमा सञ्चालित उक्त तालिममा विद्यालय र मदरसा गरि ४१ जना शिक्षक सहभागी रहेको जानकी गाउँपालिका शिक्षा शाखाकि सहायक प्राविधिक झुमी कुमारी ओलीले बताइन ।
तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगी, वरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, जनसम्पर्क अधिकृत सरिता सिंह, लेखाअधिकृत झबिलाल शर्मा, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा गरेका थिए ।
जानकीका शिक्षकहरुका लागि प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न
