Close sidebar

मोहम्मद डे को जुलुसे मोहम्मदी निकालिने तयारी पूरा

२०८१ भाद्र ३० गते, आईतवार २२:५१

मो. ताहिर शेष राई( साहिल)
नेपालगन्ज । ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्ललाहु अलैहि वसल्लमको १४९९ औं जन्मजयन्तीको अवसरमा भोलि नेपालगन्जमा हर्षोल्लासका साथ जुलुसे मोहम्मदी निकालिने तयारी पूरा भएको छ ।

ईस्लामिक परम्परा अनुसार मुस्लिम समुदायले आज घर/टोल रंङ्गबिरङ्गी बत्तीले झिलिमिली गरेर दीप प्रजव्वलन गरि रात्रभरि जागरण बसि घर-घरमा मिलाद फातिहा, नात सरीफ, कुरआन पढ्ने र सामुहिक रूपमा धार्मिक कार्यक्रमहरु गरिने इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले न्युज फ्ल्यास खबरलाई बताउनुभयाे ।

अरेबिक पात्रो अनुसार तेस्रो महिना रविउल्ल अवलको १२ तारिखका दिन नेपाली सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएका छन । हजरत मोहम्मद साहबको जन्म साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो ।

मोहम्मद डे को अवसरमा नेपालगन्ज उपमहानगर पालिका, जानकी र नरैनापुर गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । भने नेपाल सरकारले मुस्लिम समुदायका लागि मात्र सार्वजनिक विदा दिएको छ

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया