कहकँशा अन्जुम✍️
नेपालगन्ज । आज बिहानै देखि विद्युत अवरुद्ध हुने भएको छ । नेपालगन्ज वितरण केन्द्रले शुक्रबार साँझ एक सूचना प्रकाशित गरी नेपालगन्जको अधिकांश क्षेत्रमा शनिबार विहान करीब ८ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।
नेपालगन्जको सदरलाईन फिडर अन्तर्गत ११ के.भि. लाईन आसपास भएका रुखका हाङाबिङाहरु काट्ने कार्यको लागि चारबाहिनी, भेरी अस्पताल, जिल्ला प्रशासन कार्यालय, टाँगा स्टैण्ड, रामलिला मैदान, रंगशाला, बुलबुलिया, सब्जि मण्डि, बाँके गाउँ, त्रिभुवन चोक एरिया र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका अनुसार मौसम अनुकुल नरहेमा अथवा उल्लेखित समय अगाबै कार्य सम्पन्न भएमा तोकिएको समय भन्दा पहिला नै लाईन सन्चालन हुन सक्ने प्रकाशित सूचनामा उल्लेख छ ।
