नेपालगन्ज । बाँकेका हज यात्रीहरुलाई बुधबार नेपालगन्जमा औपचारिक बिदाई गरिएको छ । इस्लाम धर्मालम्वीहरुको प्रमुख धार्मिक तीर्थस्थल साउदी अरेबियाको पवित्र शहर मक्का मदिना जाने बाँकेका हज यात्रीहरुलाई मुस्लिम युवाहरुले विपी चोक स्थित इदगाहमा एक कार्यक्रमको आयोजना गरी हाजीहरुलाई टोपी, गम्छा र हज्जीनहरुलाई एहराम प्रदान गरी बिदाई गरिएको हो ।
हाजीहरुलाई बिदाइ गर्न नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, नेपालगञ्ज वडा नम्बर ५ का वडाअध्यक्ष सराफत खान, हज समितिका पुर्व सदस्य मेराज अहमद हिमाल, नेपालगञ्ज वडा नम्बर ४ का निर्वतमान अध्यक्ष मोहम्मद सफिक बेहना, बाल अधिकार कर्मी साहिल अंसारी, युथ टुडे न्युजका सम्पादक महमूद आलम खान, मुस्लिम युवाहरु अरशद अलि रंगरेज, साहिद सिद्दिकी, युसुफ अन्सारी, मोहम्मद ज्याउलहक लगायतका मुस्लिम युवा तथा जनप्रतिनिधिहरु इदगाहमा पुगेर हाजीहरुलाई बिदाई गरेका थिए ।
हाजीहरुलाई बिदाईका लागि जामा मस्जिदले कुर्सीको व्यवस्थापन गरेको थियो भने अमेरिकामा बस्दै आउनु भएका नेपालगन्जका राजा खानका तर्फबाट मुस्लिम युवाहरुले पानी लगायत खाने समानहरु हस्तान्तरण गरी हाजीहरुलाई बिदाइ गरेका थिए । यसपटक बाँकेबाट ११३ जना रहेको हाजीहरु साउदी अरेबियाका लागि यहीँ जेष्ठ ५ गते शनिबार विहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट पुग्ने समय रहेको नेपाल हज समितिले जारी गरेको सूचनामा उल्लेख छ ।