Close sidebar

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार ०२:५६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज (बिहिवार) विहान १ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्यमा प्रतिलिटर ६.७५ रुपैयाँ तथा डिजेलको मूल्यमा प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको हुँदा निगम सन्चालक समितिको निर्णय अनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७८ रुपैया र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७७ रुपैया र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र बीरगन्जमा पेट्रोल प्रतिलिटर १७५.५० रुपैया र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् निगमको बिज्ञप्ति:

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया