Close sidebar

गाउँमै रहेको फ्याक्ट्रीको ट्रान्सर्फमरमा आगलागी, खजुरा शाखाको नम्बर बिजि, लाइन काटिएन

२०८१ बैशाख १९ गते, बुधबार १८:५३

मानपुर । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ जानकी नगरस्थित एक प्लास्टिक फ्याक्ट्रीको ट्रान्सर्फमरमा आगलागी भएको छ । बुधबार दिउँसो करीब १ बजेतिर जय बागेश्वरी रोटो मोल्डिंग इण्डस्ट्रीज प्रा. लि. को ट्रान्सर्फमरमा विद्युत सर्टसर्किट भएर आगलागी भएको हो ।

आगलागी अनियंत्रित हुँदै जाँदा विद्युत शाखा खजुराको चरम लापरबाही देखिएको छ । ट्रान्सर्फमरमा आगलागी भए लगत्तै शाखालाई बारम्बार कल गर्दा कार्यालयको सम्पर्क नम्बर ०८१ ५६००५२ बिजी गराई राखिएको स्थानीयले गुनासो गरेका छन । कर्मचारीको चरम लापरबाही देखिए लगत्तै प्रहरीले नेपालगन्ज शाखालाई जानकारी गराएपछि विद्युत लाइन काटिएको स्थानीयले बताए ।

बस्तीको बिचमा रहेको फ्याक्ट्रीको ट्रान्सर्फमरबाट सुरु भएको आगलागी गाउँ घरमा पस्न थालेपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेका थिए । फ्याक्ट्रीको छेउमा रहेको एक घरमा आगो सल्केपछि नेपाल प्रहरीको वाटर ट्रक, बारुण यन्त्र र स्थानीयको सहयोगमा करीब २ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको वडा अध्यक्ष रमेशकुमार वर्माले बताए ।

समयमै आगलागी नियन्त्रणमा आउन साथ गाउँलेलाई ठूलो संकट बेहोर्नु परेन । ट्रान्सर्फमरमा सल्केको आगोले सिँगो जानकी नगर गाउँ नै सखाप पार्नेमा स्थानीय त्रासित भएका बताउँछन् । आगलागीबाट समान नोक्सानी भएपनि मानवीय र घरपालुवा जनावरलाई क्षति पुर्याएको छैन’ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया