Close sidebar

एसपी बोहराले आफु बिरुद्ध समचार हटाउन पत्रकारलाई दबाब

२०८० चैत्र २२ गते, बिहीबार २१:२८

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुभाषचन्द्र बोहोराले आफु बिरुद्ध समचार हटाउन पत्रकारलाई दबाब दिएका छन । नेपालगञ्जबाट प्रकाशित हुने सदभाव राष्ट्रिय दैनिक एवं सेतोखरी डटकममा प्रकाशित एसपी बोहराले तस्करबाट रकम उठाउने गरेको समाचार हटाउन एसपी बोहराले पत्रकारलाई दबाब दिएका हुन ।

सदभाव दैनिक एवं सेतोखरी डटकमका प्रकाशक सम्पादक तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका दामोदर भण्डारीले लेखेको समाचारलाई लिएर एसपी बोहोराले आफु बिरुद्ध समचार नलेख्ने दिएको धम्कीपूर्ण दबाबका बिषयमा बिहीवार नेपालगञ्जमा बसेको आकस्मिक बैठकमा पत्रकार सम्बद्ध संगठनहरुको गम्भीर ध्यानावर्षण भएको छ ।

बाँके प्रहरी प्रमुख बोहराले भण्डारीलाई समाचार रोक्न दिएको अनुचित धम्कीपूर्ण दबाबप्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने पदमा रहेका व्यक्तिले प्रदर्शन गरेको व्यवहार सविधानप्रदत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको बैठकले ठहर गरेको छ ।

बैठकले यो घटना लगायत पछिल्ला दिनमा राज्यका निकायबाट एकपछि अर्को गरी बाँकेमा पत्रकार एवं प्रेस स्वतन्त्रता माथि नियोजित तरिकाबाट प्रहार गर्ने गरी भइरहेका घटना रोक्न संयुक्त रुपमा प्रतिवादन गर्ने र निष्पक्ष एवं भयरहित तरिकाले पत्रकारिता गर्ने वातावरण निर्माणका लागि थप छलफल गरी धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारी, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋसी चौलागाई, पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्व अध्यक्ष निरज गौतम, पूर्व अध्यक्ष रुद्र सुवेदी, प्रेस चौतारी बाँके अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य सहित अग्रज पत्रकार एवं महासंघका पदाधिकारी एवं सदस्यहरु सहभागी थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया