
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागार कार्यालय बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।
जेलर शाहका अनुसार बुधबार बिहान करीब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका लागि तत्कालै भेरी अस्पताल नेपालगञ्जमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक जोलाह ३ महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ ।
गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए । ३ सय ५० क्षमताको सो कारागारमा ८ सय ८८ जना कैदी बन्दी र थुनुवा रहेका छन ।


