
बर्दिया / मधुवन नगरपालिका वडा नं. ६ शान्ति टोल स्थित एक घरमा लागू औषध सेवन गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घरधनी अन्दाजी ३७ वर्षीय मेहदी हसन अन्सारी र मधुवन नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी २९ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार अन्दाजी अपराह्न ४:१० बजेतिर केही व्यक्तिहरु लागु औषध सेवन गरिरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घरको कोठाभित्र लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सेवन गरिरहेको अवस्थामा ३९० मिलिग्राम सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय ढोढरी मार्फत लागु औषध मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
