Close sidebar

हिमपात र वर्षाले बुधबार र बिहीबार चिसो बढ्न सक्ने

२०८० माघ १६ गते, मंगलवार १८:४३

काठमाडौं / हिमपात र वर्षाले बुधबार र बिहिवार हल्का चिसो बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाले मंगलबार दिउँसो अपराह्न दुई बजे विशेष बुलेटिन सार्वजनिक गर्दै हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण बुधबार अपरान्हबाट सुदूरपश्चिम प्रदेश हुँदै बादल पूर्वतिर सर्ने जनाएको हो ।

यो प्रणालीका कारण बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का वर्षादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको छ । पहाडी तथा तराईका केही भू-भागका थोरै स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ । बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्ने तथा आउँदो शुक्रबारबाट मौसममा सुधार हुने महाशाखाले अनुमान गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया