
नेपालगन्ज / बाँकेमा कार्यरत एक जना जुनियर प्रहरी अधिकृत घुससहित पक्राउ परेका छन् । बाँकेको डुडुवा गाउँपालिका वडा नं. १, बेतहनीमा रहेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका हुन ।
कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई उनीविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
