
बर्दिया / स्रोत नखलुेका विभिन्न किसिमका सुनका गरगहना सहित बाँकेका दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९, राँझा बस्ने अन्दाजी २९ वर्षीय मोहन बिक र बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नम्बर २, स्थानीय वतन भई हाल डुडुवा गाँउपालिका वडा नम्बर ५, जब्दहवा बस्ने अन्दाजी ३८ वर्षीय देवेन्द्र बहादुर घर्तीलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बेलुका करीब साढे ६ बजेतिर प्र.-३-०१-०२३ ८१६८ नम्बरको हुण्डाई गाडीमा सवार रहेका मोहन बिकलाई उल्लेखित सुन जस्तो देखिने पहेेँलो पदार्थ ३४७.०७१० ग्राम सहित र गाडीको सवारी धनी देवेन्द्र बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिनुभयो ।
बिशेष सचूनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया, ईलाका प्रहरी कार्यालय मोतिपुर, ईलाका प्रहरी कार्यालय बगनाह र प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको संयक्तु प्रहरी टोलीले बारबर्दिया नगरपालिका वडा नम्बर ९, कतर्नियाघाट स्थित चेकप्वाईन्टमा चेकजाँच गने क्रममा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
