Close sidebar

युद्धविराम सम्झौतापछि हमास नागरिकहरु घर फर्किंदै

२०८० मंसिर ९ गते, शनिबार १३:१०

काठमाडौं / हमास र इजरायलबीचको युद्धविराम सम्झौतापछि हमास आम नागरिकहरु हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा आपूर्ति र अन्य आवश्यक मानवीय वस्तुहरूको साथ सहयोग गरिएको छ ।

रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताकाअनुसार मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश गरेका थिए । जसमा चार खाना पकाउने ग्यास र तीनवटा इन्धन बोकेका थिए । प्यालेस्टिनी अधिकारीहरूले विस्थापितहरूलाई उत्तरी पट्टीमा आफ्नो घर फर्कन आह्वान गरेका छन् ।

तर इजरायलले उनीहरूलाई युद्धविरामको क्रममा उत्तरतर्फ जान प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो । प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले दुई प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन प्रयास गर्दा मारिएको बताएका छन् । — सिन्ह्वा न्यूज एजेन्सी नेपाल

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया