
मो. ताहिर शेषराई (साहिल)✍️
नेपालगन्ज / प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेको जानकी गाउँपालिकाको दुई स्थानमा लाग्दै आएको धार्मिक तथा सांँस्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । जोगागाउँ वडा नं. २ तथा बेलहरी वडा नं. ५ स्थित गुरुवागाउँमा बर्षौदेखि लाग्दै आएको एतिहासिक मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।
जोगागाउँस्थित जानकी मन्दिर सगराकुट्टी क्षेत्र र बेलहरीको गुरुवागाउँस्थित शिव मन्दिर तथा नागा बाबाकुट्टीमा परमपरागत तीन दिने ऐतिहासिक मेला लाग्दै आएको छ । यहीँ मङ्सिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने बाँके जिल्लाकै ऐतिहासिक तथा धार्मिक मेला भएकाले यसको व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक तयारीको कार्यमा जुटेको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।
यस्तै जानकी गाउँपालिका वडा नं. २ बेलभारले सूचना जारी गर्दै धार्मिक तथा साँस्कृतिक रुपमा विशेष महत्त्व रहेको यो मेलाको अवलोकन तथा भ्रमण गरिदिनका लागि आग्रह गरेको छ । मेलालाई सभ्य र भब्य बनाउन जोगागाउँमा वडा नं २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ता र बेलहरीमा वडा नं ५ का वडाअध्यक्ष टिकानाथ यादवको नेतृत्वमा समिति समेत बनाइएको छ ।
