नेपालगन्ज / लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा भोलि पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्व समापन हुने दिन सोमबार बाँकेसहित तराईका चार जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको हो ।
प्रदेशस्थित गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले शुक्रबार सूचना जारी गर्दै सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार छठका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् ।भने सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सकिन्छ । छठको अवसरमा नेपाल सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको थियोे ।