Close sidebar

नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी, रु ४० लाख बराबरको क्षति

२०८० कार्तिक २९ गते, बुधबार १५:००

नेपालगन्ज / गएराति नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोझी स्थित एसके ट्रेडिङको बोरा गोदाममा भीषण आगलागी भएको हो । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरा लगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युतको बिजुली तार सर्ट भएर भएको आगलागीबाट करीब रु ४० लाख बराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताउनुभयो । उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ ।

मंगलबार राति करीब १२ बजेतिर लागेको आगो आज बिहान मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । दुईवटा बारुणयन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया