Close sidebar

एकदिवसीय क्रिकेट विश्वकप: पाकिस्तानमाथि अफगानिस्तानको सनसनीपूर्ण जित

२०८० कार्तिक ७ गते, मंगलवार ०२:३५

काठमाडौँ / भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा अफगानिस्तालनले सनसनीपूर्ण प्रदर्शन गरेको छ । विश्वकपको २२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गरेको हो । यसअघि इङ्गल्याण्डलाई हराएर सनसनी मच्याएको अफगानिस्तानले चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानमाथि ८ विकेटको जित हासिल गर्दै थप सनसनी मच्याएको हो ।

जितका लागि २८३ रनको चुनौती पछ्याएको अफगानिस्तानले ४९ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । अफगानिस्तानका लागि इब्राहिम जद्रानले ११३ बलमा ८७, रहमत शाहले ८४ बलमा अविजित रहँदै ७७, रहमनुदुल्लाह गुर्बाजले ५३ बलमा ६५ तथा कप्तान हशमतुल्लाह शाहिदीले ४५ बलमा अविजित रहँदै ४८ रन बनाए । पाकिस्तानका शहिन शाह अफ्रिदी र हसन अलीले १–१ विकेट लिए ।

यसअघि खेलमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षति २८२ रन बनायो ।कप्तान बाबर आजमले ७४ तथा ओपनर अब्दुल्लाह शफिकले ५८ रन बनाए । छैटौँ विकेटका लागि ७३ रनको साझेदारी गर्ने क्रममा इफ्तिकार अहमदले २७ बलमा ४० तथा शदाब खानले ३८ बलमा ४० रन बनाए । अफगानिस्तानका लागि नुर अहमदले ३ तथा नविन उल हकले २ विकेट लिए । राशिद खान विकेट विहीन भए ।

सन् २०१९ मा एक खेल पनि नजितेको अफगानिस्तानले यसपालि दुई पूर्व च्याम्पियनहरुलाई हराएर सेमिफाइनलको यात्रामा पुग्नका लागि अन्य टिमलाई चुनौती पस्केको छ । यो हारले भने पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ । अंक तालिकामा ५ खेलमा ३ हार र २ खेलमा जीत दर्ता गरेको पाकिस्तान ४ प्वाइन्टका साथ पाँचौ स्थानमा छ । भने अफगानिस्तान समान खेलमा तीन हार र दुई जीत सहित ४ प्वाइन्टका बाउजुद छठौं स्थानमा छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया