रुस्दी अबुअलौ ✍️
काठमाडौं / दुई दिनअघि मेरी श्रीमती र दुई बच्चाको झण्डै मृत्यु भएको थियो । खान युनिस शहरको चार तले घरको भुईंतलामा उनीहरु बस्थे । म अस्पतालको टेन्टमा सुत्थे । श्रीमती र मेरा दुई छोरी मलाई भेट्न आउने तरखरमा थिए । इजरायली रकेट उनीहरु बसेको घरको माथिल्लो तल्लामा खस्यो । मेरा छोरीहरु आमालाई समेत छोडेर सडकमा आए । मेरी श्रीमतीको टाउँकोमा भग्नावशेषबाट उछिट्टिएको ढुंगा बजारियो ।
उनको सायद दिन बलियो रहेछ, उनलाई सानो मात्रै चोट लाग्यो । आमालाई चोट लागेदेखि मेरा छोरीहरु निकै तनावमा छन् । त्यस रात उनीहरु रोइराखे । मेरा छोरीहरुलाई साम्य पार्नका निम्ति मैले चिकित्सककै साहयता लिनुपर्यो । मेरा परिवार अझै पनि त्यही रकेट खसेको घर नजिकै बस्छन् । उनीहरु त्रासमा छन् । कुन बेला के हुने टुंगो नभएपछि आँखा चिम्लिँदै सकुशलताका लागि कामना गरिरहेछन् ।
दुई साताको अवधिमा म सहित मेरी पुत्ती, ९ वर्षीया जुम्ल्याहा छोरी र १८ वर्षीय छोरा दुई पटक विस्थापित भइसक्यौं । सर्दासर्दै डस्नासमेत प्वाल परिसक्यो । आफूलाई मनपर्ने सबै कुरा छोडेर हिँड्नु पर्दा मेरा छोरीहरु निकै निराश छन् । गाजामा अचेले जीवन र मरण समानझैँ छन् । बम वर्षा अझै पनि नियमित छ । बम फाल्नेले विवेक नपुर्याएपछि हानिएको त्यस बमले बालक, वृद्ध, निहत्था वा हतियारधारी छुट्याउने कुरा भएन ।
बच्चा युवा, वयश्क तथा वृद्ध सबै तनावमा छन् । यो त्रासदी कम गर्नका लागि मेरा छोरीहरु मलाई च्याप्प समाएर टाँसिन्छन् । मेरो अँगालोमा उनीहरु निकै सुरक्षित महशुस गर्छन् । तर यो निराशा लामै जानेवाला छ । यसबाट मेरा छोराछोरीका उमेरका सबैलाई बाहिर ल्याउनका लागि हामीलाई सहयोग आवश्यक छ । मेरा दुवै छोरी गाजा शहरमा जाने कुरा गर्छन् । उनीहरुको चाहना उतै फर्किने छ । किनभने उनीहरुको सबै प्रिय कुरा गाजामै छ ।
यो तनावको स्थितिअघि प्यालेस्टाइनले भन्दा राम्रै जीवन हामीले बिताइरहेका थियौँ । विद्युत आपूर्ति सिमित थियो । खानेपानी आपूर्ति न्यून भए पनि हामीले ठिकठाकै जीवन जिरहेका थियौँ । प्यालेस्टाइनहरुले यो भूमि छोडेर जान नपाए पनि हामीले छुट्टी मनाउन कहिले स्थानबुल, साइपरस, इजिप्ट, जोर्डन गइरहेका हुन्थ्यौं । गाजा शहरमा बिचदेखि ४०० मिटरको दूरीमा हाम्रो निवास थियो । म मेरा सन्तान र श्रीमतिसँगै त्यहाँ हरेक बिहान पुग्थ्यौँ । मेरो छोरो पढ्नका लागि विश्वविद्यालय जान्थ्यो । उनीहरु घोडचढी र पौडी खेल्न जान्थे । म साँझको समयमा उनीहरुसँग खेल्थेँ ।
मेरा छोराछोरी हुर्किएको स्थान बमले मखण्डहर भइसकेको छ । प्राय साँझ मर मेरा साथीहरुसको निवासमा गएर कफी खाने र तास खेल्ने गर्थेँ । उनीहरु पनि मेरामा आउँथे । बेलाबखत हामी परिवार रेष्टुरेन्ट जान्थ्यौँ । अहिले त हामी जाने रेस्टुरेन्ट पनि ध्वस्त छन् । तमान कठिनाइका बाबजुद पनि हामी बाँचिरहेछौँ । गाजा जहिले पनि युद्धको मैदान हुनेछैन भन्ने आशा हामीमा छ । गाजा जब शान्त हुन्छ त्यसबेला हामीले शान्त परिवेशको पनि अनुभव गर्दे आनन्द लिने गरेका छौँ। आशा छ गाजा फेरि शान्त हुनेछ ।
युद्धको मध्य अवस्थामा पनि हामीले आफूलाई निराशामा नधेकल्न सक्दो प्रयास गरेका छौँ । मेरा बच्चाहरु म काम गरिरहेको अवस्थामा मलाई हेर्न आउँछन् । मेरा बच्चाहरु ज्याकेट, हेल्मेट र माइक बोकेर आफू पनि म जस्तै संवाददाता बन्ने कोशिस गर्छन् । उनीहरु हामी फेरि गाजामा पुग्नेछैनौँ भन्ने कुरामा विश्वास गर्दैनन् । हरेक दिन दक्षिणी क्षेत्रमा बस्ने चिकिसत्सक तथा अन्य व्यक्तिले मलाई त्यहाँ भएका नोक्सानीबारे जानकारी गराउँछन् । यो युद्ध अन्त्य हुने वित्तिकै मैले मेरो परिवारलाइ गाजाबाट बाहिरै राख्ने प्रण गरेको छु ।
गाजाका लागि मेरो परिवारका धेरै सदस्यले त्याग गरिसकेका छन् । गाजाको दक्षिणी क्षेत्रमा जानुअघि मैले मेरो निवासको सबै दृश्य नियाल्येँ । त्यहाँका स्मृतिहरु सँगाले । ‘प्रिय यो राम्रो घरमा संभवत हामी फर्केने छैनौँ,’ मैले मेरो श्रीमतीलाई भनेँ । आज म एउटा पालमा सुतिहरेको छु । समुन्द्रको छेउमा रहेको निवासमा कफी पिउने अब सपना मात्रै हुने भएको छ । उनीहरुका प्रिय कुरा सबै गाजामा छोडेकाले उनीहरु घरजाउँ भन्छन् । गाजामा हामी फर्किन सक्दिँन भनेर मैले उनीहरुलाई सम्झाउन सकिरहेको छैन । – बीबीसीबाट