Close sidebar

अनिश्चितकालिन विद्यालय बन्द गरी बाँकेका ८ वटै पालिकाका शिक्षकहरु आन्दोलनमा

२०८० आश्विन ४ गते, बिहीबार १९:४५

नेपालगन्ज / बाँकेका ८ वटै पालिकाका शिक्षकहरु अनिश्चितकालिनका लागि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन । जानकी गाउँपालिका मातहत विद्यालयहरुमा पठनपाठन बन्द गरि आज बिहान १० बजेदेखि ३ बजेसम्म शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन ।

सरकारले हालै ल्याएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को असन्तुष्टि जनाउँदै शिक्षकहरुले स्थानीय तहका शिक्षा शाखा र पालिका परिसरमा नाराबाजी गर्दै बिरोध जनाइएको जानकी शिक्षक महासंघका अध्यक्ष जाकिर सिद्दिकीले जानकारी दिए ।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयक दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माँग गरेर आन्दोलन थालेको हो । संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माँग महासंघले गरेको छ ।

दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हडताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि शिक्षक महासंघले असन्तुष्टि जनाउँदै सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने, स्थानीय तहले शिक्षकहरुलाई बर्खास्त गर्नसक्ने व्यवस्थामा पनि महासंघले संशोधन चाहेको छ ।

शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी/करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको १७ बुँदे माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ ।

सरकार र शिक्षक महासंघबीच २०७५ सालमा ३० बुँदे र २०७८ सालमा ५१ बुँदे सहमति भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया