
नेपालगन्ज / ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ ५९ औँ राष्ट्रिय बालदिवस शाईनिंग फ्युचर एकेडेमी नेपालगन्जले विविध कार्यक्रम गरि मनाइएको छ । बाँके युनेस्को क्लबको आयोजना, नेपालगन्ज उपमहानगरपालिका र शाईनिंग फ्युचर एकेडेमीको समन्वय तथा कतार च्यारेटरीको सहयोगमा शुक्रबार शाईनिंग बाल क्लबले बक्तृत्वकला प्रतियोगिता तथा नातीय मुकाबला कार्यक्रम गरि राष्ट्रिय बालदिवस मनाइएको हो ।
शाईनिंग बाल क्लबका अध्यक्ष अब्दुल सत्तार शाहको सभापतित्वमा र बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस हल्वाई (कादरी)को प्रमुख अतिथि तथा नेपालगन्ज उप— महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सराफत शेषको विशिष्ट अतिथिमा भएको बक्तृत्वकला प्रतियोगिता तथा नातीय मुकाबलामा कक्षा ३ देखि ७ सम्मका विद्यार्थी सहभागी रहेकोे शाईनिंग फ्युचर एकेडेमीका प्रधानाध्यापक अब्दुल गफ्फार खानले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकास हुने लगायतका कुराको प्रत्याभूति गराइएको थियो । सो बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा विद्यार्थी तमन्ना शेष प्रथम, सीमा खान दृतिय, आस्मा नूरी तृतीय स्थान हासिल गरेकी छिन । भने अरमान शेष सान्तवना स्थान हात पारेका थिए । यस्तै नातीय मुकाबलामा शाहीन खान प्रथम, अब्दुल रज्जाक खान दृतिय, शाहीन जोलाह तृतीय स्थान हात परे । भने सय्यद अलि बेहनाले सान्तवना स्थान हासिल गरे । दुबै प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियोे । 
सो कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष खानले अनाथ बालबालिकाको शिक्षाका लागि विशेष पहल गर्ने र उनीहरुलाई शैक्षिक सामाग्री लगायत अन्य सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै बाँके युनेस्को क्लबका संरक्षण अधिकृत हल्वाई, शाईनिंग फ्युचर एकेडेमीका संस्थापक जैद खान र शाईनिंग बाल क्लबका अध्यक्ष शाह लगायतले राष्ट्रिय बालदिवसका अवसरमा बालबालिकाहरुलाई शुभकामना मनतब्य ब्यक्त गर्दै बालबालिकाहरुका लागि तयार गरिएको बाल अधिकारलाई पुर्णरुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका थिए । 
शाईनिंग बाल क्लबका उपाध्यक्ष जफिरुन निशा खानले सन्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक खानले स्वागत मन्तव्य राखेका थिए भने बाल क्लबका अध्यक्ष शाहले नातीय पाक पढेर कार्यक्रमको समापन गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेकोे थियोे । 




