Close sidebar

श्री मा. वि. जोगागाउँले विविध कार्यक्रम गरि राष्ट्रिय बालदिवस मनाइयो ( फोटो फिचर सहित )

२०८० भाद्र ३० गते, शनिबार ०१:११

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नं.-२, स्थित श्री माध्यमिक विद्यालय जोगागाउँले विविध कार्यक्रम गरि ५९ औँ राष्ट्रिय बालदिवस मनाइएको  छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ शुक्रबार जोगागाउँले सरसफाई तथा साँस्कृतिक कार्यक्रम गरि बालदिवस मनाइएको हो ।

बाल क्लबका अध्यक्ष मोहित प्रजापतिको सभापतित्वमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हल्वाईको प्रमुख अतिथिमा भएको सरसफाइ तथा सांस्कृतिक कार्यक्रमका विशिष्ट अतिथी समेत रहनुभएका विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले आफ्नो बालबालिकालाई विद्यालय पठाएर मात्रै अभिभावकको जिम्मेवारी पूरा नहुने बताउनुभयो । उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका निम्ति अभिभावकले आफ्नो तर्फबाट पूर्ण प्रयत्न गर्नु पर्छ र बालबालिकालाई भविष्यमा के बनाउने भन्नेबारे शिक्षक र विद्यार्थीबिच अभिभावकले सल्लाह सुझाव लिनुपर्नेमा जाेड दिए ।

दिवसमा विद्यार्थीहरुले उद्घोषण, वक्तृवकला, नृत्य लगायत विविध कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकास हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

बालविवाह नाटकियमा विद्यार्थीहरु पुष्पा कान्दु , करुणा हरिजन, मोहित प्रजापति, पुजा कान्दु , रहमान अलि नाउँ, राजाराम कोरी, जानकी वर्मा, शिवा कान्दु , लक्ष्मी लोध, अनिल कहार, जाबेद राई , बिनिता बर्मा, आकाश कान्दु , समीक्षा हरिजन, रफिक बग्वान, सिर्जना बर्मा सहभागी कार्यक्रममा नेहा सिंह घारोकले प्रथम स्थान हासिल गरेका छिन ।

यस्तै शिक्षाको महत्व विषयक नाटकमा विद्यार्थी करुणा हरिजन, समीक्षा हरिजन, शिवा कान्दु , बन्दना हरिजन, जाबेद राई, पुस्पा कान्दु , अनिल कहार र आकाश कान्दु सहभागी कार्यक्रममा आकाश कान्दु द्वितीय स्थान हासिल गरेका थिए । त्यस्तै नेपाली उद्घोषणमा बाल अधिकारको बारेमा इर्साद अलि हल्वाईले तेस्रो हासिल गरेका छन । भने सान्तवना पुरस्कार सरस्वती प्रजापति र आइसा मदरसतुल बनातका शिफा खानले ट्रफी जितेकी थिइन ।

कृष्णहरि आचार्यले सञ्चालन गरेको कार्यक्रममा शिक्षक, कर्मचारी, विद्यार्थी, विव्यसका सदस्यहर, नागारिक समाजका अगुवा, अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको कम्प्युटर अपरेटर सकिल अहमद राईले जानकारी दिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया