
काठमाडौं / सामाजिक सञ्जाल फेसबुक, टिकटक तथा व्याट्सप मार्फत तपाईले जमजम इलेक्ट्रोनिकसको लक्की ड्रबाट आईफोन (iPhone) जित्नु भएको छ, हामी आईफोन पठाउँछौ (Customs Clearance)का लागि पैसा पठाउनु पर्छ भनी पीडित महिलालाई विभिन्न बैक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्नेलाई नेपाल प्रहरी साइबर व्यूरोले पक्राउ गरेको छ ।
पीडित महिलाको प्राप्त निवेदन माथी प्राविधिक अनुसन्धान र विश्लेषणबाट खुल्न आएपछि भदौ ४ गते ब्यूरोबाट खटिएको टोलीले ललितपुर र कुपण्डोल गुसिङ्गालबाट जिल्ला पर्साको बहुदामाई नगरपालिका वडा नं. ८ का ३० वर्षीय राज कुमार पण्डीत र जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नं. १ का २१ वर्षीय उमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
नगद रु ४९ लाख ९५ हजार, मोवाइल ७ थान, सिम १८३ थान, एटिम कार्ड १२ थान र राउटर १ थान सहित पक्राउ परेकाहरुलाई नगद तथा सञ्चार उपकरण विद्युतीय माध्यम सम्बद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौंबाट भदौ ५ गते ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अगाडी बढाइएको जनाएको छ । 
