नेपालगन्ज / गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिवार बिहान घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पारिवारिक श्रोतका अनुसार शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केपछि खोजी गर्दा रुखमा भुन्डिएको अवस्थामा फेला परेको हाे । उनले शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस समेत लेखेको प्रहरीले जनाएको छ ।
उनले फेसबुकमा लेखेका छन्, परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ । प्रिय अनिता साथ निभाउन सकेन, मलाई माफ गर । घर परिवार, साथीभाइ सुभचिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा । घिमिरे नेपाली काँग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन ।
