Close sidebar

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन भोलि, रौनियार र धामीबीच प्रतिस्पर्धा हुँदै 

२०८० भाद्र १ गते, शुक्रबार २१:४५

नेपालगन्ज / नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको मतदान भोलि हुँदैछ । नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा शनिबार विहान आठ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । संघको निर्वाचनमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा हुँदैछ । नेकपा माओवादी केन्द्र, नेकपा (एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यवसायीहरु आवद्ध रहेको समावेशी प्यानल र नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी तथा राप्रपा र स्वतन्त्र पार्टीको एक समुह आवद्ध व्यवसायीहरुको साझा प्रजातान्त्रिक प्यानल रहेको छ । प्रजातान्त्रिक प्यानलको नेतृत्व ललितकुमार रौनियार र समावेशी प्यानलको नेतृत्व टंक धामीले गर्नुभएको छ ।

साझा प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा रौनियार, उपाध्यक्ष (उद्योग)मा मोहम्मद सफिक वेहना, उपाध्यक्ष (बाणिज्य)मा विष्णुप्रसाद श्रेष्ठ, उपाध्यक्ष (महिला)मा करिश्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकवहादुर खड्का, कोषाध्यक्षमा मख्खन बहादुर धामी उम्मेदवार रहेका छन् । सदस्यहरुमा शिवप्रसाद दाहाल, सन्तोषकुमार पौडेल, विवेक कुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलबरा जोलाह, अतुल कुमार गुप्ता, बलबहादुर विष्ट र एशोसियटमा प्रदिप कुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन्

समावेशी प्यानलको तर्फबाट उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवी ओली, उपाध्यक्ष (बाणिज्य)मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे, महासचिवमा भिम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार रहेका छन् । सदस्यहरुमा इन्दिरा कुमारी शाही, टोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुद्दिन अन्सारी, टिकामणी उपाध्याय, डम्बर चन्द, एशोसियट सदस्यमा कमल कार्की र सञ्जय अग्रवाल र वस्तुगत सदस्यमा फणाधर भण्डारी उम्मेदवार रहेका छन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघमा साधारण ४ हजार ७२० र एशोसियट्स १८२, सम्वद्ध २९ गरि जम्मा ४ हजार ९३१ जना सदस्य रहेका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया