Close sidebar

शोकमा त्रिभुवन चोक : दुई परिवारका ६ जनाको दुःखद् मृत्यु

२०८० श्रावण २१ गते, आईतवार ०६:४७

नेपालगन्ज / भारतमा भएको कार दुर्घटनामा नेपालगन्जका एकै परिवारका ४ जना सहित ६ जनाको दुःखद् मृत्युको खबरले अहिले त्रिभुवन चोक शोकमा डुबेको छ । शनिबार साँझ करीब साढे ६ बजेतिर भारतको उत्तर प्रदेश राज्यको जिल्ला श्रावस्ती थाना इकौनास्थित भयानक कार दुर्घटनामा उनीहरुको मृत्यु भएको खबरपछि रातिदेखि नै त्रिभुवन चोक शोकमा डुबेको हो ।

भारतीय टेलिभिजन न्युज 18 का अनुसार कार दुर्घटनामा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको र एक जना गम्भीर घाइते रहेको जनाएको छ । मृत्यु हुनेमा त्रिभुवन चोकस्थित एस कुमार वाच कम्पनीका सन्चालक सन्तोष कुमार गुप्ताको छोरा—छोरी र सदरलाईनस्थित हरि ओम मेडिकल हलका घरबेटी दिनेश गुप्ताका छोरा—बुहारी र दुई बालबालिका (नातिनी) गरी दुई परिवारका ६ जनाको मृत्यु हुन पुगेको बताइएको छ ।घाइते रहेका कार चालकको पनि उपचारको क्रममा मृत्यु भएको बताइएको छ । तर, यकिन विवरण भने आइसकेको छैन । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएपछि रातभर सुतेका छैनन् । नेपालगन्जका स्थानीयहरुले सामाजिक संजाल फेसबुक मार्फत दुबै परिवारका मृतकहरुलाई हार्दिक श्रद्धाञ्जली दिइरहेका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया