Close sidebar

अरेबिक नयाँ वर्ष १४४५ हिजरी (मोहरर्म) आजबाट सुरु

२०८० श्रावण ४ गते, बिहीबार ०३:४८

नेपालगन्ज / अरेबिक नयाँ वर्ष सन १४४५ हिजरी आजबाट सुरु भएको छ । इस्लामिक क्यालेन्डर अनुसार मोहर्रम पहिलो महिना हो, जुन बिहिवार देखि सुरु भएको छ । इस्लाम धर्ममा शिया र सुन्नी मुस्लिम समुदायका लागि यो महिना निकै महत्वपूर्ण मानिन्छ । यो महिनालाई मोहरर्म उल हराम पनि भनिन्छ ।

इस्लाम धर्मका प्रवक्ता पैगम्बर हजरत मोहम्मद सल्लललाहु अलैहे वसल्लमको कान्छो नाति हजरत इमाम हुसैन (अ.स.) मोहरर्म महिनामा शहीद भएका थिए । त्यसैले शहिदको सम्झनामा यो महिना शोकको रूपमा मनाइन्छ । मोहरर्म महिनाको १० तारिखलाई रोज ए आशुरा पनि भनिन्छ । यो इस्लाम धर्मको मुख्य दिन हो ।

शिया र सुन्नी दुवैको मोहरर्म महिनाको बारेमा फरक फरक मान्यता छ । शिया समुदायले मोहर्रमको १ देखि ९ तारिखसम्म व्रत बस्न अनुमति छ । शिया उलेमाका अनुसार मोहर्रमको १० तारिख अर्थात् रोज ए आशुरामा व्रत बस्न निषेध गरिएको छ । जबकि सुन्नी समुदायले मोहर्रमको ९ र १० तारिखमा व्रत बस्छन् । यद्यपि, यस समयमा उपवास बस्न मुस्लिमहरुलाई अनिवार्य छैन, यसलाई पुण्य (सवाब)का रूपमा राखिएको छ ।

आशुरा कहिले हुन्छ ?

यूम ए अशुरा मोहरर्मको दशौं दिन मनाइन्छ । यस वर्ष असार ४ गतेदेखि मोहरर्म सुरु हुन्छ भने, आशुरा असार १३ गते मनाइनेछ ।

आशुरा को इतिहास

इस्लाम धर्मका आस्थाका अनुसार करबलाको युद्धमा करिब १४०० वर्षअघि आशुराको दिन इमाम हुसैनको शिर काटिएको थियो । त्यसयता उनको सम्झनामा आशुराको दिन ताजिया र जुलुस निकाल्ने चलन छ । आशुराको दिन, तिमुरी परम्परा पालन गर्ने मुस्लिम समुदायले यस दिन रोजा नमाजसँगै ताजिस, अखाडाहरू गाडेर वा शीतल गरेर शोक मनाउँछन् ।

शिया समुदायका मानिसहरूले ताजिया निकालेर शोक मनाउने गर्छन् । इराकमा हजरत इमाम हुसैनको चिहान छ, त्यो चिहान जस्तै ताजिया बनाइन्छ र जुलुस निकालिन्छ । आशुरा इस्लाम धर्मको पर्व होइन शोकको दिन हो, जसमा शिया समुदायले इमाम हुसैनको सम्झनामा दस दिनसम्म शोक मनाउँछन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया