Close sidebar

अमेरिकी डलर १ सय दरको १ सय ९८ थान सहित एक जना पक्राउ 

२०८० असार २२ गते, शुक्रबार ०२:१६

काठमाडौं / अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर) को कारोबार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ललितपुर महानगरपालिका वडा नं. ६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया