Close sidebar

असार १५ अर्थात धान दिवस विविध कार्यक्रम गरि मनाइयो

२०८० असार १५ गते, शुक्रबार १८:१९

नेपालगन्ज / असार १५ अर्थात धान दिवस आज देशभर विविध कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा शुक्रबार जानकी गाउँपालिका बाँकेमा खेतमा रोपाई गरेर तथा दही च्यूरा खाएर २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० मनाइएको हो ।

सुरुवाती वर्षा कमजोर हुनका कारण यसपालि धान दिवसको बेला कृषकहरु चिन्तित देखिएका छन । समयमै बर्षा नभएकाले रोपाईमा ढिलाई भएपछि कृषकहरु चिन्तित देखिएको जानकी गाउँपालिका कृषि शाखाका प्रमुख मनोज मण्डलले बताउनुभयो ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । औपचारिक रूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दही च्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहि आएको धर्म शास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती नै रहेको छ । कृषकहरु वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया