Close sidebar

चौथो वार्षिकोत्सवमा पूर्णतारा फाउन्डेसनको विविध कार्यक्रम

२०८० असार १२ गते, मंगलवार २१:०७

नेपालगन्ज / पूर्णतारा फाउन्डेसन बाँकेको चौथो वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिएको छ । नेपालगन्जमा आयोजित कार्यक्रममा वृद्ध/वृद्धालाई सम्मानदेखि सहयोगसम्म गरिएको छ । समाजसेवी पूर्ण बहादुर रोकाय र तारा कुमारी रोकायको नाममा स्थापित पूर्णतारा फाउन्डेसनले गरिब तथा असहाय ९ जना बालबालिकालाई प्रत्येक वर्ष पठनपाठनमा सहयोग पुर्‍याउँदै आएको हो ।

संस्थाका अध्यक्ष तारा कुमारी रोकायको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक स्थिति कमजोर रहेका कारण पठनपाठन गर्न नपाएका ५ जना बालबालिकालाई झोला, किताब, कापी, कलम सहयोग स्वरुप प्रदान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले आर्थिक रुपले अति विपन्न परिवार जोगी खटिकलाई पाँच हजार एक सय सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

त्यसैगरी पूर्णिमा देवी थापा मगरलाई दुई हजार एक सय सहित सम्मान गरिएको थियोे । साथै ७ जना वृद्ध बुबा-आमालाई पनि कपडा सहित सम्मान गरिएको थियो । १२ जनालाई संस्थाको आजीवन सदस्य र १ जनालाई साधारण सदस्य वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । डा. डक्ट प्रसाद धिताल, आभा गौतम, हिरा खराल, बसन्ता शर्मा, गौरी पोख्रेल, बिना शर्मा, प्रसन्न राज जोशी, राजकुमार लामा, सत्य देवी जोशी, शोभा गुरुङ, अमृत कुमार थापा, प्रकाश चन्द्र बस्नेत संस्थाको आजीवन सदस्य बन्नु भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे, साहित्यकार तथा समाजसेवी किरण आचार्य, घरेलुु तथा साना उद्योग महासंघका महासचिव जि.आर. भुषाल, मानवता नेपाल बाँकेकी उपाध्यक्ष सुमन गिरी श्रेष्ठ, नगर प्रहरी प्रमुख इन्द्र जित सुनार, एकल महिला संघकी अध्यक्ष एकमाया बिक लगायतको उपस्थिति रहेको थियो । रोकायका अनुसार उहाँका स्व. श्रीमान पूर्ण बहादुर रोकायको परिकल्पनाबाट सञ्चालन गरिएको फाउन्डेसनले बालबालिकालाई पठनपाठनमा सहयोग गर्दै आएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया