Close sidebar

गर्मी छल्न खोलामा नुहाउन गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु

२०८० जेष्ठ २९ गते, सोमबार १८:५३

कहँकशा अन्जुम✍️

नेपालगन्ज / बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ६ पुरैनाका १८ वर्षीया लक्ष्मी डाँगी र ९ वर्षीय किरण नेपालीको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

केही दिनयता गर्मी अत्यधिक बढेपछि सोमबार दिउँसो करिब १२ बजेतिर दश विगाहाका चार जना बालबालिका मिलेर गर्मी छल्न खोलामा नुहाउन गएका थिए । पौडी खेल्ने क्रममा दुई जना बालबालिका डुबेपछि घरपरिवार र प्रहरीलाई खबर गरिएको थियोे ।

ईलाका प्रहरी कार्यालय धनौलीका ईन्चार्ज प्रहरी निरीक्षक सन्दिप बेल्वासेका अनुसार लक्ष्मीको शब केहीबेर मै भेटिएको थियो भने किरणको शब दुई घण्टापछि अपरान्ह करिब तीन बजेतिर मात्र भेटिएको थियो । नुहाउन गएका अन्य दुई जना बालबालिका भने सकुशल रहेको जनाउँदै डुबेर मरेका बालबालिकाको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा पठाइएको प्रहरी निरीक्षक बेल्वासे बताए ।

अत्याधिक गर्मी बढेपछि गर्मी छल्न बालबालिकाहरु खोला नालामा नुहाउन जाने क्रम बढेको भन्दै बाँके प्रहरीले स-साना बालबालिकाहरुलाई पौडी खेल्न एक्लै खोला नालामा जान नदिन सम्पूर्ण अभिभावकहरुसँग आग्रह समेत गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया