Close sidebar

नेपालगन्जमा बत्ती किन जान्छ त ? यसो भन्छ बितरण केन्द्र

२०८० जेष्ठ २९ गते, सोमबार १५:१३

नेपालगन्ज / हाल नेपालमा लोडसेडिङको अन्तसंगै नेपाल विद्युत प्राधिकरण अन्तर्गतका हरेक वितरण केन्द्रहरुको टाउको दुखाईको विषय बनेको छ । यस्तै नेपालगन्ज वितरण केन्द्रमा पनि जनसाधारणको प्रश्न बत्ती कहिले आउँछ ?

हुन पनि प्रश्न गर्नु स्वभाभिक नै हो तर प्रश्नले मात्रै समस्याको सामाधान हुँदैन । एक छिन बत्ती निभ्न पाएको हुदैन, ने.वि.प्रा. ने.वि.प्रा तालिम केन्द्र अन्तर्गतका नो लाईटमा रहेका फोनको घन्टीहरुको ओइरो लागेको हुन्छ । बत्ती के भयो ?, बत्ती कति खेर आउँछ ?, बत्ती कहिले आउँछ ?, बत्ती कहाँ गयो ? कति समय लाग्छ ?, कहाँ के भएको हो ?, बत्ती किन काटेको हो ? लोडसेडिङ गर्न थालेको हो ? बत्ती छिटो पठाउनु त ।

बत्ती जाने कारणहरु :

१. वितरण लाइन, वितरण ट्रान्सफर्मर आदिमा समस्या आएमा वा अपग्रेड गर्नुपर्ने भएमा । सबस्टेशनबाट निस्केको ११ के.भी. को वितरण लाइन (फिडर) मा ठाउँ ठाउँमा वितरण ट्रान्सफर्मरहरु राखी ४००/२३० भोल्टका लाइन तानी ग्राहकहरुको घर-घरसम्म विद्युत पुर्याइएको हुन्छ । बत्ती जाने कारणहरु मध्ये सबभन्दा बढी कारणहरु यसै वितरण लाइन तथा उपकरणहरुबाट हुन्छन । तर यी लाइनमा समस्या हुँदा कुनै क्षेत्र विषेशमा मात्र बत्ती हुँदैन ।

वितरण लाइन तथा उपकरणमा सामान्यता हुने समस्याहरु यस प्रकारका छन् ।

क. कसैको घरको सर्भिस कनेक्शनमा समस्या आएमा सो घरमा मात्रै बत्ती हुँदैन । ख. एल.टि. लाइन (४००/२३० भोल्ट )को कुनै फेजको तार चुडिएमा सो लाइनमा चुडिएको तार पछि सर्भिस कनेक्शन भएका घरहरुमा बत्ती हुँदैन । ग. वितरण ट्रान्सफर्मरको एल टी लाईन साईड मा MCCB ट्रिप हुने वा Fuse जाने हुन सक्छ । यो समयमा त्यो transofrmer बाट सप्लाई भएका ग्राहककोमा लाईन हुँदैन । एस्तो भए विद्युत अफिसमा जानकारी गराउ ।

घ. वितरण ट्रान्सफर्मरको एच.टि .(११ के.भी.) साइडको फ्यूज गएमा । यस्तो बेलामा कतिवटा फ्यूज गएको छ सोही अनुसार बत्ती कुनै घरमा मधुरो त कुनै घरमा राम्रै वा नहुन पनि सक्छ । यस्तो भए विद्युत अफिसमा जानकारी गराउ । ङ. ११ के.भी. लाइनको जम्पर आउट भएमा वा त्यसमा रहेका पिन वा डिक्स इन्सुलेटर फुटेमा /पंचर भएमा वा कुनै ठाउँमा तार चुडिएमा वा कतै पोल भांचिएमा वा कतै रुख, हांगा लागेमा सो फिडरमा रहेका ग्राहकहरुमा बत्तीको समस्या आउँछ ।

च. वितरण ट्रान्सफर्मर जलेमा उक्त एरियामा लाइन हुँदैन र जलेको ट्रान्सफर्मरको ठाउँमा अर्को ट्रान्सफर्मर राख्ने बेलामा उक्त फिडरबाट सप्लाई भएका सबै ग्राहकको लाईन काटिएको हुन्छ । छ. विद्युत माग बढ्दै गए अनूसार ११ के.भी.,एल.टि. लाइन तथा ट्रान्सफर्मरहरुको क्षमता विर्धि गर्नु पर्दा लाइन बन्द गर्नुपर्ने हुन्छ । यस्तो बेलामा पनि सम्बन्धित फिडर वा सम्बन्धित ट्रान्सफर्मरहरुको लाइन मात्र बन्द हुन्छ ।

ज. कतै वा कसैका घरमा आगलागी भएमा दुर्घटनाबाट जोगिन सम्बन्धित फिडर नै बन्द गर्नुपर्ने हुन्छ र सो ठाउँमा कर्मचारी नपुगुन्जेलसम्म बत्ती बन्द नै हुन्छ । झ. एच.टि. लाइनमा काग, चमेरो जस्ता चराहरु बसेर लाइन शर्ट गराउँदा फिडर ट्रीप वा तार चुडिने गर्छ । त्यस्तो समयमा घटनास्थलमा पुगी समस्या सामाधान गरेमा लाइन चालू हुन्छ ।

२. हुरी बतास / पानी परेको बेलामा । प्राय: जसो पानी वा सामान्य हावा आएकोे बेलामा लाइन बन्द गरिदैन् । तर पानी परेको कारण कतै पोल ढलेमा वा पानीको कारण बास वा रुखका हांगाहरु लाइनलाई छुन गएमा लाइन फल्ट भई ट्रीप हुन्छ र त्यो फल्ट नबनाउन्जेलसम्म बत्ती आउँदैन । हूरी बतास आएको बेलामा दुर्घटनाबाट बच्न लाइनहरु बन्द गरिएका हुन्छन र हुरी बतास बन्द भए पश्चात हुरी बतासबाट भएको क्षति निरीक्षण गरी हुरी बतासले बिगारेको लाइनहरु मर्मत संभार पश्चात मात्रै लाइन चालू गरिन्छ । यस्तो बेलामा हूरी बतासले पुर्याएको क्षतिपुर्तिको अवस्था हेरी लाइन आउने समय भन्न सकिन्छ । सामान्य अवस्थामा पनि पानी परेको बेला लाईन ट्रिप हुने गर्छ ।

३. सिस्टम ट्रीप/फेल भएमा । सिस्टम भनेको राष्ट्रिय प्रसारण लाइन (विद्युतको मेरुदण्ड) हो जहाँ पावरहाउसवाट आएका लाइनहरु र पावर ग्रिडमा गएका लाइनहरु जोडिएका हुन्छन । यसलाई नेशनल ग्रिड पनि भनिन्छ । एक्कासि विद्युतको खपत कम वा बढी भएमा सिस्टम ट्रीप हुन्छन । यस्तो बेला कतै पनि बत्ती हुँदैन र सिस्टम रिकभर हुन लगभग एक घन्टा जति लाग्न सक्छ ।

४. राष्ट्रिय प्रसारण लाइनमा समस्या आएमा वा मर्मत संभार गर्नु परेमा कहिले काही राष्ट्रिय प्रसारण लाइनको तार चुडिएमा वा डिस्क इन्सुलेटर बिग्रेमा पनि सिस्टम ट्रीप हुन्छ । यस्तो केसमा जून सेक्शनमा समस्या आएको हुन्छ, त्यो सेक्शनलाई छुट्याई बाँकी लाइन सूचारु गरिन्छ र समस्या आएको सेक्शनको उचित मर्मत संभार पश्चात मात्रै लाइन सूचारु हुन्छ । यदि तपाई समस्या आएको सेक्शनमा पर्नुभएको छ भन्ने त्यहा समस्याको प्रकृति हेरी दुई घण्टा देखि एक दुई दिन पनि लाग्न सक्छ ।

५. ग्रिड स्वस्टेशन रहेका उपकरणहरुका मर्मत संभार वा अपग्रेड गर्नु पर्ने भएमा पावरहाउसवाट उत्पादन भई आएको बिद्युत लाइन प्रसारण लाइन मार्फत पावर ग्रिडमा आउँछ र त्यहा भोल्टेजलाई उचित स्तरमा डाउन गरी ११ के.भी., ३३ के.भी. र ६६ के.भी. का फिडरहरु मार्फत ग्राहकहरु कहाँ पुर्याइन्छ । ग्रिड स्वस्टेशन पावर ट्रान्सफर्म सहित कन्ट्रोलिङ्ग तथा मिटिरिंग उपकरणहरु हुन्छन ।

विद्युत खपतको मागसंगै स्वस्टेशनभित्र रहेका उपकरणहरुलाई समय समयमा अपग्रेड गर्नूको साथै समय समयमा ती उपकरणहरु मर्मत संभार कार्य पनि गर्नूपर्ने नै हुन्छ । ग्रिड वा सबस्टेशनमा गरिने यी कामहरु बत्ती ननिभाई गर्न सम्भव हुँदैन । यस्तो बेलामा ती सबस्टेशनबाट प्रसारण भएको क्षेत्रमा बत्ती हुँदैन र कार्य र समस्याको प्रकृति अनुसार बत्ती कति खेर आउँछ भन्न सकिन्छ । बत्ती गएको बेला कर्मचारीहरु के गरिरहेका हुन्छ त ?

ने.वि.प्रा., वितरण केन्द्रका कर्मचारीहरु सिफ्ट अनूसार नोलाइट /मर्मत संभार ड्युटीमा खटिएका हुन्छन । नोलाइटमा रहेको इमर्जेन्सी फोनबाट ग्राहकहरुले टिपाएका समस्याहरु कम्पलेन रजिस्टरमा टिपेर सोको सामाधानमा खटिएका हुन्छन । ११ के.भी. लाइन फल्ट /ट्रीप भएको बेलामा सबस्टेशनमा रहेका कर्मचारीले जानकारी गराएपछि मात्रै नोलाइटका कर्मचारीहरुले थाहा पाउँछ र उनीहरु लाइन फल्ट भएको स्थान पत्ता लगाउन जान्छन जसलाई हामी लाईन पेट्रोलिङ भन्छौ र फल्ट पत्ता लगाई पोलमा चढि लाईन मर्मत गरी लाइन चालू गर्ने काम गर्छन ।

यस्तो बेलामा तार चुडिएको वा पोल ढलेको वा इन्सुलेटर पड्केर फुटेको / पंचर भएको जानकारी नजिकको ग्राहकले जानकारी गराएमा कर्मचारीहरु सो स्थानमा पुगी मर्मत संभार गरी छिटो लाइन सूचारु गर्न सकिन्छ । कसैको घरको लाइनमा, एल.टि. लाइनमा, वितरण ट्रान्सफर्मरमा समस्या आई बत्ती नबलेको जानकारी सम्बन्धित ग्राहकहरुले जानकारी नगराउन्जेलसम्म कर्मचारीहरुलाई थाहा हुँदैन ।

यस्तो बेलामा ग्राहकहरुले गराएको जानकारी अनुसार कर्मचारी फिल्डमा गई निरीक्षण गरी समस्या सामाधान पश्चात बत्ती बल्छ । ११ के.भी. तथा ४०० /२३० भोल्ट लाइनमा रहेका इन्सुलेटरहरु फुट्नु वा पन्चर हुनु र सो इन्सुलेटर पत्ता लगाउन लाग्ने समयको ठेगान नहुँदा बत्ती आउने समय भन्न सकिने अवस्था हुँदैन ।

बत्ती छैन भने ग्राहकले के गर्ने ?

१. सामान्य अवस्थामा लाइन ट्रिप मात्र भएको छ भने ५ मिनेट पछी लाइन आउँछ । कम्ती मा ५ मिनेट लाईन आउन कुर्नुपर्ने हुन्छ ।

२. बत्ती जाने कारणहरु थाहा पाईसकेपछि बत्ती गयो भने के गर्ने त ? त्यसको लागि सबभन्दा पहिले निम्न कुराहरु पत्ता लगाएर मात्रै सम्बन्धित नोलाइटको फोनमा फोन गरेर कर्मचारीसंग सम्पर्क गर्नुपर्छ ।

३. आफ्नो घरमा बत्ती छैन तर छिमेकीको घरमा बत्ती छ भने घरमा जडान रहेको विद्युत मिटर , एमसीबी, सर्भिस केबल चेक गर्ने र समस्या देखिएमा नजिकको नोलाइटमा फोन गरी कम्पलेन लेखाउने ।

४. केही घरमा बत्ती हुने र केही घरमा बत्ती नहुने वा बत्ती डिम भएमा वितरण ट्रान्सफर्मरको फ्युज वा कतै लाइनको जम्पर गएको हुन सक्छ । यस्तो बेला पनि नजिकको नोलाइटमा सम्पर्क गरेर जानकारी गराउने ।

५. गाउँ वा टोल मै बत्ती छैन भने अर्को टोल वा गाउँमा बत्ती छ कि छैन पत्ता लगाउने । अर्को टोल वा गाउँमा पनि बत्ती छैन भने केही समय प्रतिक्षा गरेर बस्नु कर्मचारीहरु कतै न कतै कुनै समस्या सामाधान गरिरहेका हुन्छन र बत्ती आउँछ । यस्तो बेलामा फोन गरिराख्नु पर्दैन ।

६. वरिपरि कतै बत्ती बलेको देख्नु भएको छैन भने लाइन सटडाउन वा मर्मत संभार भइरहेको हुन्छ र सटडाउन फिर्ता वा मर्मत संभार पश्चात बत्ती आउँछ । यस्तो बेलामा फोन गरिराख्नु पर्दैन ।

७. हावाहुरी / पानी परेको बेलामा बत्ती गएको छ भन्ने हावाहुरी / पानी पश्चात लाइनमा कुनै समस्या छैन भन्ने बत्ती आउँछ । यदि समस्या छ भन्ने सामाधान पश्चात मात्र बत्ती आउँछ । यस्तो बेलामा आफू वरिपरि लाइनमा केही समस्या देखिएको छ भन्ने तुरन्तै सम्बन्धित नोलाइटमा सम्पर्क गरी जानकारी गराउने ।

विद्युतीय संरचना र बत्ती निभ्ने समस्याको बारेमा पक्कै पनि धेरै कूरा थाहा पाउबु भयो होला । कार्यालय वा नोलाइटमा अनावश्यक फोनले कर्मचारी तनावमा मात्रै हुँदैन कि फोनको ट्राफिक जामले गर्दा अति आवश्यक फोन कलहरु समेत समयमा आउन सकेका हुँदैन, जसले गर्दा कतै दुर्घटना निम्ताइरहेको हुन्छ भन्ने समयमा काम गर्न सकिरहेको हुँदैन ।

त्यसैले विद्युत कार्यालय वा नो लाईटहरुमा बत्ती गएको बेला फोन गर्नुअघि माथि उल्लेखित कुराहरु मनन गर्नुभयो भन्ने पक्कै तपाईको पैसा, समयको बचतको साथै कर्मचारीहरुको तनाव घट्नुको साथै समस्याका सामाधानहरु समयमा नै हुने थियो ।

बिद्युत अफिसको फोन लाईन गाको बेला धेरै विजी हुन्छ किन त ?

१. लाईन नभएको बेला सबै जानाले एकै पटक फोन गर्दा । २. नो लाईटको कर्मचारीले फिल्डमा भएको कर्मचारीलाई सम्पर्क गर्दा पनि फोन बिजी हुने गरेको छ ।

       — भरतपुर वितरण केन्द्रको फेसबुक पोस्टबाट

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया