Close sidebar

सडकआश्रित मानवहरुमा सेवा पुर्याउन नेपालगञ्जमा मुठ्ठीदान संकलन

२०८० जेष्ठ १ गते, सोमबार ०३:५६

नेपालगञ्ज / मानवसेवा आश्रम सन्चालन गर्न नेपालगन्जमा मुठ्ठीदान संकलन गरेको छ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपुर्ण, दयनीय एवं पीडादायी जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवहरुमा सेवा पुर्याउन नेपालगञ्जमा मुठ्ठीदान संकलन गरेको हो ।

सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानवसेवा आश्रमले सडक मानवहरुको मानवोचित व्यवस्थापनका लागि २०७९ बैशाख १ गतेबाट नेपालगञ्जको आदर्शनगरमा घर भाँडामा लिएर मानव सेवा आश्रम सञ्चालन गरेको छ । हाल मानवसेवा आश्रम नेपालगञ्ज शाखामा ५० जना बढी बेसहाराहरु आश्रममा आश्रित छन् । ५ जना महिला, ३ जना बालबालिका र ४५ जना पुरुष जसमा १ वर्षकि बालिका देखि ८० वर्ष भन्दा माथि उमेरको रहेको आश्रमले जनाएको छ । जसमध्ये ४० जना मनोसामाजिक समस्याबाट ग्रसित रहेको उनीहरुले नियमित औषधी सेवन गर्दै आएका छन् ।

मानवसेवा आश्रमको मुख्य सेवा आम्दानीको श्रोत भनेको नै मुठ्ठीदान नै हो । आश्रमले स्थापनाको समयदेख नै दातृ निकायहरुको सर्तसहितको सहयोग स्वीकार नगर्ने आदर्शलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्दै आइरहेको छ । सहयोगी दाताहरुले जन्मदिन, विवाह बर्षगाँठ, संस्थाको बार्षिकोत्सव, ब्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वहरुमा खुसीयाली मनाउन साथै पितृहरुको सम्झना भोजन गराउन र स्वेच्छिक सहयोग गर्न पुग्ने परोपकारी दाताहरुको सहयोगमा संस्था सञ्चालनमा छ । तर देशको आर्थिक अवस्था वा जनमानसलाई नेपालगञ्ज शाखाको सेवाको बारेमा जानकारी कम भएकाले सहयोगी दाताहरु आश्रममा पुग्ने क्रम घट्दो रुपमा रहेको छ । जसको सिधा असर आश्रितहरुमा नपरोस भनेर स्थापनाको समयदेखि नै दातृ निकायहरुको सर्तसहितको सहयोग स्वीकार नगर्ने आदर्शलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्न नेपालगञ्जका घर-घर तथा पसल-पसलमा मुठ्ठीदान संकलन गर्न शुरु गरेको मानवसेवा आश्रम नेपालगञ्ज बाँके शाखाका संयोजक उर्विन सापकोटाले जानकारी दिनुभयो ।

मुठ्ठीदान संकलन गर्ने क्रममा सेवा सन्चालनको लागि नगद ११ हजार ४ सय १५ रुपैयाका साथै चामल, बिस्कुट, केही थान महिलाहरुले लगाउने कपडा र चप्पल लगायतका सामग्रीहरु स्वतस्फुर्त आश्रमले प्राप्त गरेको थियो । मुठ्ठीदान संकलन गर्नको लागि मानवसेवा आश्रमका युवा स्वयंसेवीहरु चिरन्जीवी बुढा, दिपिका देवकोटा, सुवास सिजापति, प्रकृति थापा, अस्मिता देउवा, साही खान र छत्र सुनारको टोलीले सघाएको थियो । आश्रमको सेवामा रहने अभियन्ता, साधक साधिका भने स्वयंसेकको रुपमा २४ घण्टा नै समर्पित छन् । केही प्राविधिक कर्मचारीहरु, स्वास्थ्यकर्मी, सुरक्षा गार्डहरु भने आवश्यकताको आधारमा केही पारिश्रमिक लिएर २४ घण्टा नै आश्रमको सेवामा खट्नुभएको आश्रमले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया