Close sidebar

चितवन – २ बाट लामिछाने भारी मतान्तरले निर्वाचित

२०८० बैशाख १२ गते, मंगलवार १४:४३

चितवन / आइतबार भएको प्रतिनिधि सभा सदस्य उप निर्वाचनमा चितवन – २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन । उनी ४३ हजार ६१ भारी मतान्तरले निर्वाचित भएका हुन ।

आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ खसेको मत सबै  गणना हुदाँ लामिछानेले ५४ हजार २७६ मत ल्याएर निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत र तेस्रो स्थानका एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका छन ।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए । त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए । अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो । उनको सांसद पद गुमेका कारण चितवन – २ मा उपनिर्वाचन भएको हो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया