Close sidebar

विश्वकप लिग २ : पपुवा न्युगिनी माथि नेपालको ९ विकेटको कीर्तिमानी जित

२०७९ फाल्गुन २९ गते, सोमबार १४:१४

काठमाडौं / आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटको कीर्तिमानी जित हात पारेको छ । यो जितसँगै नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न अन्तिम खेलमा युएईलाई पराजित गरे पर्याप्त हुनेछ ।

काठमाडौंस्थित किर्तिपुरको टियु क्रिकेट मैदानमा सोमबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीलाई कम योगफलमा रोक्न नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो ओडिआई करिअरको पाँच विकेट लिएको तेस्रो पटक हो । यस्तै ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट, कुशल मल्लले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट र सोमपाल कामीले ५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर एक विकट लिए ।

जितको लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । यस्तै अर्का ओपनर कुसल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए ।भने कुसल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे । नेपालको एकमात्र विकेट पपुवा न्युगिनीका चाड सोपरले लिए । विकेटको हिसाबमा नेपालले जितेको यो सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।

नेपालले अब बिहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले पुन विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले पछिल्ला ११ मध्य १० खेल जितेको हो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया