Close sidebar

७ दिने नि:शुल्क स्वास्थ्य शिविर नेपालगन्जमा संचालन

२०७९ फाल्गुन २८ गते, आईतवार १३:२५

नेपालगन्ज / सुपर पोलिक्लिनिकले आजदेखि नेपालगन्जमा ७ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालनमा ल्याइएको छ ।नेपालगन्ज उपमहानगरपालिका – १२ सुर्खेत रोड गुरूद्वारास्थित सुपर पोलिक्लिनिकले फाल्गुन २८ गतेदेखि चैत्र ५ गतेसम्म नि:शुल्क स्वास्थ्य शिविर संचालनमा ल्याइएको हो ।

प्रथम वार्षिकोत्सबको उपलक्ष्यमा नि:शुल्क चेक जाँच तथा परामर्श सेवा, नि:शुल्क मधुमेहको (सुगर) चेक जाँच गर्नुका साथै मधुमेहको औषधी पनि नि:शुल्क दिने पोलिक्लिनिकका शेष रियाजुल हकले जानकारी दिए ।

डा. अलताबन राईनी (एम. बी. बी. एस, के. यू.) डा. आनन्द कमार झा (एम.बी.बी.एस. धरान वीर अस्पताल) डा. शकिल अहमद (एम.बी.बी.एस, डी.सी.एच, एम.पी.एच. बंगलादेश) डा. सुरज राज भट्टराई (एम.बी.बी.एस, के.यू) र डा. सैयद सद्दाम (एम.बी.बी.एस, एम.एस के.यू) ले नि:शुल्क चेक जाँच हकले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया