Close sidebar

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राई सहित पाँच जना (एआइजी)मा सिफारिस

२०७९ फाल्गुन २६ गते, शुक्रबार १८:१६

नेपालगञ्ज / लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआइजी) टेक प्रसाद राई सहित पाँच प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ । रिक्त रहेका पाँच एआईजीका लागि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसको सूचीअनुसार पहिलो नम्बरमा वसन्त कुँवर छन् भने दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि कुवँर पहिलो र राई दोस्रोमा थिए । चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए । तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक–एक स्थान उक्लिएका हुन् ।

बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने पाँच जनामध्येबाट एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछ । विगतमा वरियता वा ज्येष्ठताको पहिलो नम्बरमा रहेकालाई आईजीपी बनाउने गरिएको पनि अघिल्लो आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले त्यसलाई तजविजि अधिकारका रुपमा ब्याख्या गरेको थियो ।

एआईजी सिफारिसमा पर्नुभएका लुम्विनी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत टेक प्रसाद राई ७ बर्षअघि जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा सम्झना लायक परिणाममुखी काम गरेर जिल्लाबासीको मन जित्न सफल भएका थिए । आम नागरिकसँग नजिकको सम्बन्ध बनाएर काममा खटिने राई प्रहरीभित्र सफल, सक्षम र योग्य प्रहरी अधिकृतको रुपमा चिनिनुहुन्छ ।

सर्वोच्च अदालतको उक्त पछिल्लो फैसला अनुसार एआईजीमा बढुवा हुने पाँचै जना आईजीपीको दावेदार हुन् । अहिलेका आईजीपी धिरजप्रताप सिंहले आगामी चैत १० गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया