Close sidebar

नेपालगन्जका पत्रकारद्वय नरेन्द्र थापा र राकेश कुमार मिश्रलाई मातृ शोक

२०७९ माघ १६ गते, सोमबार २२:०३

बाँके / नेपालगन्जका पत्रकारद्वय नरेन्द्र थापा (भैया) र राकेश कुमार मिश्रलाई मातृ शोक परेको छ । नेपाल प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष एवम् सल्लाहकार समेत रहेका थापा र युनियन बाँकेका केन्द्रिय पार्षद तथा अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष समेत रहेका मिश्रलाई आज एकै दिन मातृ शोक परेको हो ।

नेपालगन्ज उपमहानगरपालिका – २ घरबारी टोल निवासी थापाकी ममतामयी आमा सावित्रीदेवी थापाको ८० वर्षको उमेरमा असामयिक निधन भएको छ । केही समयदेखि फोक्सो सम्बन्धी रोगको उपचार गराइरहनु भएकी उहाँको भेरी अस्पताल नेपालगन्जमा सोमबार बिहान करीब ११ बजेतिर निधन भएको पारिवारिक स्रोतल जनाइएको छ ।

यस्तै बाँकेको डुडुवा गाउँपालिका – ४ कम्दी निवासी मिश्रकी ममतामयी आमा राजेश्वरी मिश्रको ७१ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँको सोमबार बेलुका करीब साढे ६ बजेतिर घरमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार नसा सम्बन्धी समस्याका कारण उहाँ बिगत केही बर्षदेखि उपचार गराउँदै आउनु भएको थियो ।

यसैबीच प्रेस युनियन बाँकेले आज दुई वटा छुटा-छुटै बिज्ञप्ति प्रकाशित गरि यस दु:खद घडीमा दिवंगत आत्मको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनि गहिरो सम्वेदना प्रकट गरेका छन । मृत आत्मले स्वर्गमा बास पाओस् भनि न्युज फ्ल्यास खबर डटकम परिवार ईश्वरसंग कामना गर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया